ठेकेदार सम्पर्कहिन हुदाँ पाँच वर्षदेखि स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन अलपत्र  - Pahilo Online

ठेकेदार सम्पर्कहिन हुदाँ पाँच वर्षदेखि स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन अलपत्र 

writer

सोलुखुम्बु । सम्झौता भएको पाँच वर्ष बिते पनि ठेकेदार सम्पर्कहिन हुदाँ जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधरणको आरोप छ। विस २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरि सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित प्रमुख कर्मचन्द्र राजबंशीको भनाइ छ।

उनकाअनुसार लामो समयदेखि अलपत्र अवस्थामा छाडिँदा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठ कुहिरए काम नलाग्ने अवस्थामा पुगिसकेको छ। निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम्म भवन निर्माणको काम सक्ने बताउँदै आएको भए पनि त्यो वचन पूरा भएको छैन। कम्पनीले २ करोड ३८ लाख ३ हजार ५३ रुपैयाँ ३२ पैसाको लागतमा निर्माणको जिम्मा लिएको थियो। निर्माण समपन्न गर्नुको सट्टा भवन अलपत्र अवस्थामामा छाडेर निर्माण व्यवसायीनै बेपत्ता बन्दा कार्यालय सञ्चालनमा समेत समस्या झेल्नुपरेको निमित्त प्रमुख राजबंशीको भनाइ छ।

निर्माण कम्पनीले समयमा भवन निर्माण गर्न नसकेको खण्डमा कार्यालयले तिर्नुपर्ने भाडासमेत ठेकेदार कम्पनीले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। ’सम्झौता कार्यान्वयन गर्नु त होइन, ठेकेदार युवराज डाँगीलाई हामीले फोन गर्दासमेत उठाउँनुहुन्न’ निमित्त प्रमुख राजबंशीले गुनासो गरे, ’अहिले हामीले वार्षिक ४ लाख भाडा तिरिरहेका छौँ, यो राज्यलाई ठूलै घाटा हो।’ निजी घरमा रहेको हालको कार्यालयमै घरधनीसमेत बस्दा अनेकौ समस्या आउने गरेको उनको भनाइ छ। ’घरबेटी हामीसँगै बस्नुहुन्छ, बिदाको दिन पनि गेट खुल्ला हुन्छ’ निमित्त प्रमुख राजबंशीले भने, ’सुरक्षाको दृष्टिकोणले जोखिम छ।’ यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उनको भनाई छ। निलगिरि कम्पनीबाट पेटी ठेकेदार स्थानीय बुद्धि मगरले १ करोड ७० लाखमा निर्माणको जिम्मा लिएका छन्। पेटी ठेकेदार मगरले समेत काम गरेअनुसार कम्पनीमार्फत भुक्तानी नपाएको गुनासो गरेका छन्

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes