धरानमा साहसीक खेल जिपलाइन सुरु - Pahilo Online

धरानमा साहसीक खेल जिपलाइन सुरु

writer

धरान । धरान ४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । भेडेटार देवीथान जिपलाइनको शनिबार उद्घाटन भएको हो । मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भण्डारीले प्रयोग गरिन् । धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरेको उडान सुपरम्यान जिपलाइन थियो । धरान ४ तर्फको भेडेटारबाट सुरुवाती पोइन्टबाट देवीथानमा ल्याण्डिङ हुनेछ ।

यो जिपलाइनको लम्बाई ६ सय ५० मिटर र उचाई १५० मिटरसम्म छ भने पर्यटकले करिब ४५ सेकेण्डसम्म अनुभव लिन पाउछन् । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको जिपलाइनको लागत ३ करोड भएको सञ्चालक बिबस भण्डारीले बताए। जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकार रहेको छ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयाँसम्म पर्नेछ। क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ । कपल जिपलाइनमा दुईजना आफ्नो साथीसँग अंगालो मारेर खेलिने संचालक भन्डारीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes