छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई - Pahilo Online

छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई

सिजनको दोश्रो उपाधि

writer

इलाम । छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । बर्षाले बाधक बनेको खेलमा निया एन्ड्रिसको निर्णायक गोलको मद्दतमा आयोजक माइभ्याली फुटबल क्लबलाई पराजित गर्दै मच्छिन्द्रले सिजनको दोश्रो उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै मछिन्द्रले नगद ८ लाख रुपैयाँ हात पारेको छ । इन्जुरी समयमा राइट फ्ल्याङकबाट एन्ड्रिसले गरेको प्रहारले सिधै जाली चुमेको थियो । खेलमा दुवै टिमबाट केही राम्रा अवसरहरू सिर्जना भए पनि मैदानका कारण उपयोग गर्न सकेनन् । दोश्रो हाफमा पानी परेपछि ठूलो टुँडिखेलमा हिलाम्मे हुँदा पेनाल्टी एरियाका अवसरहरू सदुपयोग गर्न दुवै टिम चुके । उपविजेता बनेको आयोजकले नगद ५ लाख रुपैयाँ प्राप्त गर्याे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका शरण बस्नेत

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता एन्ड्रिस घोषित हुँदै नगद १५ हजार प्राप्त गर े। प्रतियोगिताको व्यक्तिगत विधामा मछिन्द्रका ३ जना र आयोजकका ३ जना खेलाडीले पुरस्कार प्राप्त गरे। प्रतियोगिताको बेष्ट डिफेन्स आयोजकका कप्तान छिरिङ गुरुङ, उत्कृष्ट गोलकिपर आयोजकका देव लिम्बू, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट स्ट्राइकर मछिन्द्रका निया एन्ड्रिस र प्रशिक्षक मछिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही २५ हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका शरण बस्नेत घोषित हुँदै नगद एक लाख १५ हजार प्राप्त गरे । लिगपछि सहभागिता जनाएको ३ वटा प्रतियोगितामा मछिन्द्रको यो दोश्रो उपाधि हो । यसअघि तेश्रो सताक्षी गोल्डकपमा थ्री स्टारलाई हराउँदै मछिन्द्रले सिजनको पहिलो उपाधि जितेको थियो।

२२ औं बुढासुव्वामा सेमिफाइनलमा नेपाल पुलिससँग पराजित बनेको थियो । फागुन १५ गतेबाट जारी प्रतियोगितामा ३ ए डिभिजन क्लब र ४ विदेशी टिमसहित १० क्लबको सहभागिता रहेको थियो । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको हालसम्म झापा–११ ले २ संस्करण जितेको छ । थ्री स्टार, त्रिभुवन आर्मी र क्यामरुनी क्लब दाफिन्सले १, १ संस्करणको उपाधि आफ्नो पक्षमा पारेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes