वडा नं. ४ मा सडक शिलान्यास - Pahilo Online

वडा नं. ४ मा सडक शिलान्यास

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । शनिबार वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा सडक स्तरोन्नती, ग्राभेलको लागि शिलान्यास भएको हो ।
देउरालीचौक समसेरटोल आपगाछी सडक २ कि मी स्तरोन्नती नाला खन्ने काम र सोही बाटोको २६५ मिटर ग्रावेल , सेतीसील्वालटोल उत्तर ४०० मिटर लुज ग्राभेल र कोशेली चौकबाट पश्चिम प्रगति चौक हुंदै वडा कार्यालय जाने बाटो २८० मिटर १ नं. ग्राभेल गरिने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷०७७ मा वडा नं. ४ को विनियोजित बजेटबाट सो कार्यका लागि वडाले १० लाख २५ हजार छुट्याएको थियो ।
उक्त सडक काविल कन्ट्रक्सनले टेन्डर प्रकृयाबाट ९ लाख ९९ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । वडाध्यक्ष भण्डारीका अनुसार निर्माण कार्य आगामी असार १५ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष भण्डारीका साथ वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, स्थानीय युवा समाजसेवीहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, शमशेर राईलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes