माईभ्याली गोल्डकपमा आज आयोजक र मच्छिन्द्र उच्च मनोबलमा साथ भिड्दै - Pahilo Online

माईभ्याली गोल्डकपमा आज आयोजक र मच्छिन्द्र उच्च मनोबलमा साथ भिड्दै

writer

इलाम । छैटौँ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागि लिग विजेता मछिन्द्र र आयोजक माइभ्याली फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ठूलो टुडिखेलमा जारी प्रतियोगिताको अघिल्लो संस्करणमा झैँ यसपटक पनि २ नयाँ टिमबीच उपाधिको छिनोफानो भिडन्त हुन लागेको हो।

शहिद स्मारक लिगपछि सहभागितामा जनाएको तीनवटा मध्ये दुईवटाको फाइनलमा पुगको मछिन्द्र उच्च मनोवलका साथ मैदान उत्र्ने तयारीमा छ। अघिल्ला ५ संस्करणमा भन्दा सुधारिएको खेल प्रदर्शन गर्ने लक्ष्य रहेको आयोजक अनेपक्षिकृत नजित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। विभिन्न क्लबहरूबाट कलेक्सन गरिएका खेलाडी भए पनि आयोजक स्पष्ट जित निकाल्दै उपाधि होडसम्म पुग्यो। फाइनलसम्म पुग्न आयोजकले पाहुना टोली ग्यान्टोक सिटीलाई २–० र मोहम्मडन स्र्पोटस कोलकत्तालाई २–१ ले हरायो।

उपाधिको दावेदारको रुपमा हेरिएको पहिलो संस्करणको बिजेता आर्मीलाई सडन डेथमा पराजित गरेपछि घरेलु टोलीलाई अन्डरडगको रूपमा आंकलन गर्न थालिएको छ। राष्ट्रिय र पूर्वराष्ट्रिय खेलाडीले भरिएको मछिन्द्र लिगपछि सहभागीता जनाएको सताक्षी गोल्डकपको बिजेता र २२ औँ बुढासुव्वा गोल्डकपको सेमिफाइनललिष्ट टोली भएकाले उच्च फर्ममा छ। यद्यपि केही स्टार खेलाडीहरूको इन्जुरीको समस्या कारण गोर्खा ब्वाइज रुपन्देहीविरुद्धको क्वाटरफाइनल खेलमै जित निकाल्न टाइव्रेकरको सहयोग लिनुर्पयो।

फाइनल अघिको प्रि–म्याच कन्फ्रेसनमा बोल्दै आयोजकका प्रशिक्षक दर्शन भक्तराजले फाइलन पुग्नै आयोजकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यद्यपि टिमले मछिन्द्रलाई कडा टक्कर दिने बताए। ‘प्रेसर नलिइ नै प्रतिस्पर्धा गछौँ। प्रतियोगिता सफल रूपमा सम्पन्न हुनु नै जित हो। अनेपेक्षिकृत नतिजाका साथ फाइनल पुगेको छौँ। यसको फाइदा उठाउने छौँ’ उनले भने। अन्डर डग टोली भएकाले जितका लागि फरक रणनीतिका साथ मैदान उत्र्ने तयारी रहेको उनले बताए। कलेक्सन टोली भए पनि खेलाडीहरूको उच्च मनोबल जितको आधार बन्न सक्ने भक्तराजले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes