अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णका कामहरु धमाधम भईरहेकाछन् । जनप्रतिनीधीको आगमनले अहिले गाउँ गाँउका बाटो घाटोहरु बन्नी रहेकाछन् यस्तै वडा नं ३ मा यो चालु आर्थिक वर्षमा २६ वटा विकाश निमार्णका योजनाहरु छनौट भएका थिए । जसमा २३वटा योजनाहरु चालु रहेकाछन् । ६ वटा योजना सम्पन्न भएकाछन् भने३ वटा योजनाहरु समझौता गर्न बाकी रहेको र संचालित योजनाहरु सम्पन्न गर्ने तयारीमा रहेको वडा अध्यक्ष डम्बर चेम्जोङले बताएकाछन्।
यस्तै जनप्रतिनिधी सहितको अुगमनमा फायरलाईनबाट पिपल चौक हुदै भोटे घुम्ती नमुना सडकको बाटोको सतह मिलाउने काम,खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी.ठोस मोटाई रहने गरी सडकमा विच्छ्याई रोलिङ गर्ने काम,माटो फिलिङ गर्ने कामको लागी उपभोक्ताबाट १५ प्रतिशत सहित जम्मा लागत १ लाख ४८ हजार २ सय ४४ रुपया ४० पैसा लागतमा बाटो निमार्ण गरिने भएको उपभोक्ता समुहका अध्यक्षमदन बहादुर थापाले बताएकाछन्।
यसै गरी वडाको यस्तै न्यौपाने टोल सडक ग्राभेलमा बाटोको सतह मिलाउने काम,बाटो ग्राभेल गर्ने काम,ह्यूम पाईप खरिद,गरी १ लाख ६९ हजार ६ सय १५ रुपैया १० पैसा लागतमा बाटो ग्राभेल हुने भएको छ । यसै गरी सन्थाल सडक ग्राभेलमा बाटो ग्रेडिङ गर्ने काम, खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी. ठोस मोटाई रहने गरी सडकमा विच्छयाउने काममा ९८ हजार १ सय १७ रुपैया ७८ पैसाको स्टमेट रहेको छ ।
यस्तै कोक्चेलीको घरबाट यलम्बर मार्ग हुदै बल बहादुर फ्याकको घर सम्म बाटो निमार्णमा बाटो ग्रेडिङ गर्ने काम, खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी.ठोस मोटाई रहने गरी सडकमा विच्छयाउने काममा उपभोक्ताबाट संकलित रकम १५ प्रतिशत सहित जम्मा ३ लाख ३६ हजार १ सय ३० रुयैया २१ पैसा खर्चको स्टमेट रहेको बताएकाछन् ।
बाटो निमार्ण भएपछि अब विरामी भएको बेला पनि घरमा नै एम्बुलेन्स ल्याउन सकिने र गाउँ गाउँ सम्म बाटो आएकोले स्थानीय पनि खुशी भएकाकाछन् । यस्तै वडाका अन्य बाकी रहेका योजनाहर पनि धमाधम संचालन भएकोले समयमा नै सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चेम्जोङले बताएकाछन् ।