उदयपुर । उदयपुरको गाईघाटस्थित बिरामीको एक अस्पतालले स्टिल निकाल्ने भन्दै हड्डी काटिदिएको आरोप लगाएकोछ । गाईघाट सिभिल हस्पिटल एन्ड ट्रामा सेन्टरले जबरजस्ती अप्रेशन गर्न लगाइ बिरामीको कुम जोड्न राखिएको स्टिल निकाल्नुको सट्टा उल्टै हड्डी काटिदिएको पीडितको आरोप छ। खोटाङको दिक्तेल मझुवागढी नगरपालिका ३ बाम्राङका ४२ वर्षीय पूर्णबहादुर खत्री गत वर्ष लडेर देब्रे कुम खुस्किएपछि काठमाडौंमा स्टिल लगाएका थिए।
त्यही स्टिल निकाल्न आउँदा चिकित्सकले हड्डी काटिदिएको पीडित खत्रीले गाईघाटमा पत्रकार सम्मेलन गर्दै बताएका हुन्। सिभिल अस्पतालका डा. सञ्जयकुमार साहले शल्यक्रिया गरेर हड्डी काटिदिएको पीडित खत्रीले पत्रकार सम्मेलनमा बताए । सोही स्टिल निकाल्नको लागि काठमाडौं जान खोजेका आफूहरूलाई सिभिल अस्पतालमै डाक्टरले जबजस्ती शल्यक्रिया गर्न लगाएको उनको आरोप छ। ’सुरुमा ५५ हजार रुपैयाँ अप्रेशन खर्च लाग्ने भनियो। फेरि अस्पताल सञ्चालकले मोलतोल गरेर २५ हजारमा जबजस्ती अप्रेशन गराए’ पीडित खत्रीले भन्ने। पत्रकार सम्मेलनमा पीडित खत्रीले दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका छन्।