लिखु नदीमा सातवटा आयोजना पूरा भए ३२९ मेगावाट विद्युत् उत्पादन हुने - Pahilo Online

लिखु नदीमा सातवटा आयोजना पूरा भए ३२९ मेगावाट विद्युत् उत्पादन हुने

writer

ओखलढुंगा । ओखलढुंगा, रामेछाप र सोलुखम्बु तीन जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन्। ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत आयोजना निर्माण हुँदै गरेका हुन्। सातवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएमा लिखु नदीबाट ३ सय २९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुनेछ । पछिल्लो समय नदीको माथिल्लो क्षेत्र लाहाछेवरदेखि बिजुलीकोटको रातामाटासम्म विद्युत् आयोजनाका विभिन्न संरचना निर्माण धमाधम भइरहेका छन्।

रामेछापको उत्तरी बस्ती लाहाछेवरमा भिजन जलविद्युत् आयोजनाले ५८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै छ । आयोजनाले प्रवेशमार्ग र अन्य संरचना निर्माण धमाधम थालेको छ । आयोजनाको सिभिल संरचनाको काम धमाधम भइरहेको छ। उक्त आयोजनाले उमातीर्थ नजिकै विद्युतगृह निर्माण गर्ने बताइएको छ । त्यस्तै, हिमालय प्रालिले प्रवर्द्धन गरेको लिखु–१ को ७७ मेगावाट क्षमताको आयोजनाले विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम गरिरहेको छ । उक्त आयोजनामा मुख्य लगानी प्राइम बैंक र अन्य ६ वटा बैंकहरू रहेका छन् । लिखु–१ को ७७ मेगावाट विद्युत् उत्पादन भई बाहिरिएको पानी प्रयोग गरी लिखु–२ आयोजनामा लैजाने कामसमेत भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes