पथरीमा सहकारीका प्रणेता गुरुङ्गको सालिकको शिलान्यास - Pahilo Online

पथरीमा सहकारीका प्रणेता गुरुङ्गको सालिकको शिलान्यास

writer

विवेक न्यौपान । पथरीशनिश्चरे । मोरङ्गको पथरी शनिश्चरेमा नेपालमा सहकारीका प्रणेता मानिने बखानसिंह गुरुङको अर्धकदको सालिक र सहकारी पुस्तकालय तालिम हलको शिलान्यास भएको छ । सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो सालिकको शिलान्यास नगर प्रमुख दिलिप कुमार राईद्वारा आज गरिएको हो।

पथरी शनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता संघ,बैङ्क, वडा कार्यालयहरु, स्थानीय बैङ्क, छिमेकी पालिकाहरु लगायतको आर्थिक सहयोगमा सालिक र हल सहितको भौतिक संरचनाको शिलान्यास भएको हो । करिव २८ लाख रुपैयाँ अनुमानित खर्चमा सो भौतिक संरचना र सालिक निर्माणको काम सम्पन्न गरिने कर्मचारी संगठनका अध्यक्ष गणेश राईले बताउनु भयो।

जिल्ला सहकारी संघ मोरङले यस बर्षको सहकारी दिवस पथरी शनिश्चरे नगरपालिकामा नै मनाउने निर्णय गरिसकेको र सो दिवसका दिन उक्त सालिकको अनावरण गर्ने योजना मुताविक निर्माण कार्य अघि बढाइएको कर्मचारी संगठनले जानकारी गराएको छ। राष्ट्रिय सहकारी दिवस प्रत्येक बर्षको चैत्र २० गते मनाउने गरिन्छ।

पथरीमा बन्न लागेको स्वः बखानसिंह गुरुङको सालिक सम्भवत नेपालमै पहिलो हुने संगठनको दावी समेत रहेको छ । सो सालिक पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ मा रहेको मनकामना सामूदायिक वन उपभोक्ता समूहको कार्यालय आसपासमा निर्माण हुदैछ।

सहकारी कर्मचारी संगठने निर्माण गर्न लागेको सालिकले पथरी शनिश्चरे नगरपालिकालाई सहकारीकर्मीहरुको अनिवार्य गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने, देश तथा विदेशमा पथरी शनिश्चरे नगरपालिकाको नाम प्रचार हुने र दिर्घकालिन रुपमा सहकारीमय पर्यटन हवको रुपमा विकसित भएर जाने विश्वास कर्मचारी संगठनले लिएको छ।

सालिक निर्माणसँगै एक सहकारी पुस्तकालय, बस्नको लागि चौतारो र शान्त वातावरणमा बैठक, तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालनको लागि एक तालिम हलको निर्माण गर्ने योजना संगठनको रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes