माईभ्याली गोल्डकपमा आर्मीलाई हराउँदै आयोजक माईभ्याली क्लब फाइनलमा प्रवेश - Pahilo Online

माईभ्याली गोल्डकपमा आर्मीलाई हराउँदै आयोजक माईभ्याली क्लब फाइनलमा प्रवेश

writer

इलाम । आयोजक माईभ्याली क्लब इलाम छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।

खेलको निर्धा्रित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

अब फाइनलमा आयोजकले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मानेभञ्ज्याङ एफसी दार्जि्लिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगिसकेको छ ।

१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes