कोरोनाका भाईरसका कारण मोरङमा होली नखेल्न आग्रह - Pahilo Online

कोरोनाका भाईरसका कारण मोरङमा होली नखेल्न आग्रह

झापा जिल्लाका सबै निकायलाई उच्च सुरक्षा सतर्कतामा रहन निर्देशन

writer

विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी सूचनामा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा राखेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् । यसैबीच प्रदेश सरकारले कोरोना संक्रमणको विषयमा सतर्कता अपनाउन र पूर्वतयारी स्वरूप विभिन्न ६ वटा अस्पताल २८ वडा बेड तयार गरिएको जनाएको छ । प्रदेश सरकारले कोशी अस्पताल, बीपी प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेजमा आईसीयूसहित र विराट मेडिकल कलेजमा बेड तयार गरिएको हो ।

त्यसैगरी कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई उच्च सुरक्षासतर्कता ’हाई अलर्ट’ मा रहन निर्देशन जारी गरेको छ। छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका संक्रमित देखा परेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो ।

कोरोना भाइरसबाट जिल्लाबासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलटमा रहन निर्देशन जारी गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। ‘अहिले कोरोना भाइरसले विश्वलाई आतङ्कित बनाएको छ,’ प्रमुख जिल्ला अधिकारी राना मगरले भने, ‘झापाबासीलाई यस भाइरसबाट जोगाउन हामीले जनचेतना मूलक कार्यक्रम सञ्चालन सुरु गरेका छौँ, यसका लागि प्रशासन कार्यालयले एक साताअघि नै सबै सरोकारवाला पक्षसँग यस बारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ।’ साथै विभिन्न सामाजिक सञ्जाल, जनचेतनामूलक कार्यक्रम, वेबसाइटको माध्यमबाट पनि प्रचारप्रसारलाई तीव्र बनाइएको उनले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes