प्रदेअश १ को छुट्टाछुट्टै ३ स्थानमा आगलागी ७१ लाख बढीको क्षति - Pahilo Online

प्रदेअश १ को छुट्टाछुट्टै ३ स्थानमा आगलागी ७१ लाख बढीको क्षति

writer

झापा, ईलाम, मोरङ । बुधबार र बिहिबार झापा,ईलाम र मोरङका तीन स्थानमा आगलागी हुदा घर,अन्नपात तथा धनमाल जलि नष्ट हुदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ । हिजो साझँ साढे ६ बजे ईलाम फाकफोकथुम गाउँपालिका ६ फुस्रे स्थितमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको २ तले घरमा बिधुत सर्ट भई आगलागी हुदा घर पुर्ण रुपमा जलेको साथै घर भित्र रहेको नगद २ लाख, ५ तोला सुन, टि.भि २ थान, ल्याप्टप ४ थान, कम्प्युटर २ थान लगायतका सामानहरु जलेर नष्ट हुदा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यसै गरी झापा कमल गाउँपालिका ५ मंगलबारे बजारमा रहेको शेर बहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाकुडा लगायतका सामानहरु जलि नष्ट हुदा २० लाख बराबरको क्षती भएको छ ।

यस्तै मोरङ बेलबारी ११ भाङबारी बस्ने नर बहादुर तामाङको घरमा बिधुत सर्टभई आगलागी हुदा अन्नपात,फर्निचर लगायतका सामानहरु जलि नष्ट हुदा ७ लाख बराबरको क्षती भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes