लोकसेवाप्रति महिलाहरुको आकर्षण - Pahilo Online

लोकसेवाप्रति महिलाहरुको आकर्षण

writer

मोरङ । मोरङमा लोकसेवाप्रति महिलाहरुको आकर्षण बढ्न थालेको छ । बेलबारी नगरपालिकाले सुरु गरेको लोक सेवा तयारी कक्षामा आवेदनभन्दा बढी सहभागी भएका छन् । आइतबारदेखि सुरु गरीएको निःशुल्क तयारी कक्षामा १ सयभन्दा बढि महिला सहमभागी भएका छन् ।

‘५० जना महिलालाई पढाउने गरी नगरपालिकाले २० दिन अगाडि सूचना प्रकाशन गरेका थियो ’ मेयर ज्ञानेन्द्र सुवेदीले भने माग भन्दा दोब्बर सहभागी भएका छन् । सहभागी सबैलाई पढाउन थालिएको उनले बताए ।

नायब सुब्बाको तयारी कक्षा चलाइएको नगरपालिकाले जनाएको छ । इटहरी, विराटनगर धरानमा गएर मासिक रुपमा २० हजार रुपैयाँसम्म तिरेर सिक्ने गरेका महिलाहरुका लागि यो तयारी कक्षाले राहत मिलेको छ । पैसा तथा समयको बचत भएकाले सिक्न आएकी करुण बुढाथोकीले बताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes