भोजपुर । भोजपुर पौवादुम्मा १ बस्ने २६ बर्षीय जनक भुजेलको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पौवादुम्मा(२ स्थित मध्य पहाडी लोकमार्गमा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट ५० मिटर तल खसी दुर्घटना हुदा सहचालक भुजेल गम्भिर घाईते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका(६ बस्ने २५ बर्षीय महेन्द्र बि.क. समेत घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यसैगरी मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र निजको नातिनि ६ वर्षीया सबिता सरदारको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवाँ ०९ बजे बिराटनगर–१९ मिलन चोक नजिक पुर्व बाट पश्चिम तर्फ आउदै गरे को को१ख २९१७ नम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १(००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटो चालक बाबुराम सरदार र निजको नातिनि सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी ५ बस्ने ३३ बर्षीय हरेराम चौधरी नियन्त्रणमा रहेको उक्त कार्यालय जनाएको छ ।