‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश - Pahilo Online

‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश

writer

इलाम । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जि्लिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई गोल गरे । यस्तै एक गोल सोमिडे एडिलाजाले गरे । खेलमा १९ औं मिनेटमा रेजिनको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो । २१ औं मिनेटमा सोमिडेले रजिन धिमालको कर्नरमा गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच मछिन्द्रका देबेन्द्र तामाङ चुनिए । उनले नगद १० हजार प्राप्त गरे । अब मछिन्द्रले उपाधिका लागि आयोजक माईभ्याली र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

यस अघि मछिन्द्रले क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको थियो । यस्तै मानेभञ्ज्याङ एफसीले झापा ११ लाई २–१ ले स्तब्ध बनाएको थियो । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes