पथरी शनिश्चरे ८ मा ६० जना सुत्केरी आमालाई भत्तावितरण - Pahilo Online

पथरी शनिश्चरे ८ मा ६० जना सुत्केरी आमालाई भत्तावितरण

writer

अर्पना केशी । पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चर वडा नं ८ ले आज सुत्केरी आमाहरुलाई भत्ता वितरण तथा नवजातशिशुहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र पौष्टीक आहारा वितरण गरेको छ ।

वडाको लक्ष्यीतवर्ग अन्तर्गतको सुत्केरी आमा स्याहार तथा सम्मान शिर्षकबाट ५० हजार बजेटले कार्यक्रम सम्पन्न गरेको हो । वडाको चालु आर्थिक वर्षको साउन महिना देखि हाल सम्म सुत्केरी भएका ६० जना आमाहरुलाई पौष्टिक आहारा १ गिलास गाईको दुध सहित ७ सय रुपैया नगद दिएर सुत्केरी आमाहरुलाई सम्मान गरेको हो ।

वडाका ५४ जना सुत्केरी आमाहरुरु उनीहरुका ५४जना नवजात शिशुहरुलाई नोवेल शिक्षण अस्पतालका डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षण गर्दा सबै शिशुहरु सामान्य अवस्थामा भेटिएको थियो भने १ जना शिशुलाई बेड भर्ना गरेर उपचार गर्नु पर्ने देखिएको डाक्टर तपेश्वर मण्डलले बताए । पौष्टीक आहाराको खाना खुवाउन र शिशुहरुलाई कुपोषणबाट लाग्ने रोगरुबाट बचाउन डाक्टरहरुले सुझाव दिएकाछन् ।

आफुहरुले वडाबाट प्रोत्साहन स्वरुप पाएको नगद, पौष्टीक आहारा र नवजात शिशुहरुको निशुल्क स्वास्थ्य परिक्षण गराउन पाएकोमा उपस्थित आमाहरुले ख्ुाशीव्यतm गरेकाछन् । कार्यक्रमका प्रमुखअतिथिहरु नोवेल शिक्षण अस्पतालका डाक्टरहरु दिलिप रौनियार, प्रक्रील्पा श्रेष्ठ, तपेश्वर मण्डल लगायत ६ जनाको टोलीरहेका थिए । अतिथिहरु वडा सदस्यहरु शुक्र लिम्बु, खेमराज गौतम, सिर्जना भट्टराई घिमिरे, मुनाविक, महिला स्यमसेविका सरस्वतीचौधरी र मञ्जु बस्नेतलगायतको उपस्थीती रहेको थियो ।

वडा अध्यक्ष बाबुराम दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाले यो कार्यक्रम यो चालु आर्थिक वर्षबाट सुरु गरेको हो । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरनतर अगाढी बढाउदै लाने बताएकाछन् । उनले आमानिरोगी र पोषणयुक्त भए जन्मदिने शिशु पनि निरोगी हुने बताएकाहुन् । कार्यक्रमको संचालन सचिव लिलाराज भट्टराईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes