मोरङको ६ पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सहयोग गर्ने - Pahilo Online

मोरङको ६ पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सहयोग गर्ने

writer

पथरीशनिश्चरे । मोरङको ६ वटा पालिकालाई क्यानडा र बेलायतका कम्पनीले ३ वटा परियोजनामा सहयोग गर्ने भएका छन् । मंगलबार पथरीशनिश्चरे नगरमा भेटघाट कार्यक्रममा क्यनडामार्फत नेपालमा सञ्चालित लिब्रा कम्पनी र बेलायतको वेक फिल्डले पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैंचा नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकाका लागि फोहोरमैला व्यवस्थापन, सौर्य उर्जा र बारुणयन्त्र (दमकल) मा सहयोग गर्ने भएको बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

यस अघि ६ पालिकाले सुवेदीलाई नै संयोजक बनाएर सो योजना सम्झौताको जिम्मा दिएबमोजिम योजनाहरु सम्झौता भएका छन् । जसमा वेक फिल्डले लिब्रामार्फत काम अघि बढाउने भएको छ । ६ पालिका मिलेर एक ठाउँ फोहोर व्यवस्थापनको काम अघि बढाउनका लागि पालिकाहरुले ३ विगाहा जग्गा व्यवस्थापन गर्नुपर्नेछ ।

१० मेगावाटसम्मको सौर्य उत्पादनमा पनि कम्पनीले सहयोग गर्ने भएका छन् । सड्ने फोहोरलाई मल तथा ग्यास उत्पादन गराईने छ । नसड्ने प्लाष्टिकजन्य र शिशाजन्य फोहोरसंकलन गरी अन्यत्र कच्चापदार्थका रुपमा पठाइने छ । फोहोर व्यवस्थापनको काम सुरु भएको ८ महिनासम्ममा पालिकाहरुलाई परियोजना हस्तान्तरण गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ ।

दुवै संस्थाको टोलीले परियोजना स्थलहरुको अवलोकन समेत गरेको छ । लिब्राकातर्फबाट नेपाल प्रमुख पाण्डेका साथै इन्जिनियर सुदिपकुमार चौधरी, व्यवस्थापक चुडामणि शर्मा तथा वेक फिल्डककातर्फबाट गुरुचरण सिंह, रोजय मिलर, जेम्स सहितको टोलीले पालिकाहरुको परियोजना क्षेत्रको अवलोकन गरेको छ ।

विस्तृत परियोजना तयार पारेर ६ पालिकाको बीचभाग पर्ने ठाउँमा फोहोर व्यवस्थापनको कार्यक्रम अघि बढाइने लिब्राका नेपाल प्रमुख श्यामराज पाण्डेले परियोजनाहरुको स्थलगत अवलोकनका क्रममा पथरीशनिश्चरेमा बताए । सौर्य उर्जाका लागि प्रति पालिका १० मेगावटसम्मको उत्पादनको काम गरेर राष्ट्यि प्रसारण लाइनमा जोडन सकिने उहाँले जानकारी गराए ।

१० मेगावटका लागि १५ विगाहा जमिन पालिकाहरुले व्यवस्थापन गर्नुपर्नेछ । परियोजनाहरुको प्राविधिक सहितका मेसिनरी सामग्रीहरुका लागि पालिकाहरुले ६० प्रतिशत र कम्पनीले ४० प्रतिशत व्यवहोर्ने सम्झौतामा उल्लेख छ ।

अर्कातर्फ, लिब्राले एशियाली विकास बैंकसँगको सहकार्यमा ६ वटै पालिकाहरुका लागि आगो नियन्त्रण गर्ने १,१ थान अत्याधुनिक बारुणयन्त्र अनुदान उपलब्ध गराउने पनि सम्झौता भएको छ । यसखाले ३ कार्यक्रमले ६ पालिकालाई महत्वपूर्ण योगदान दिने पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको ठहर छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes