पथरीशनिश्चरे नगरमा पशुस्वास्थ्य शिविर सम्पन्न - Pahilo Online

पथरीशनिश्चरे नगरमा पशुस्वास्थ्य शिविर सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ । नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न भएको थियो । पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो । ४ सय बढी कृषक सहभागि शिविरमा ५ हजार ७ सय १५ पशुलाई मेडिकल उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जानकारी दिए । कार्यक्रम ८ नम्वर वडाध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आज वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको मेडिकल उपचार, ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको थियो । जसमा १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले उल्लेख गरे । कार्यक्रम कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति सदस्य मैनाकुमारी राई लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसैगरी, सो शाखाले १० वटै वडामा गरी ६ हजार ४ सय पशुलाई खोरेतको खोप र ३ हजार ५ सय वंगुरहरुमा स्वाइन फिवरको खोप लगाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes