
विवेक न्यौपाने, पथरीशनिश्चरे । नेपाली इन्टरनेट बजारमा पहिलो रोजाई बनिरहेको वर्ल्डलिंकले ग्राहक सँगै सम्पुर्ण नेपालीहरुको सुविधाका लागि निशुल्क इन्टरनेट प्रयोग गर्न मिल्ने व्यवस्थालाई व्यापक बनाएको छ । बजारका विभिन्न क्षेत्र, बढी भिडभाड हुने कार्यलय, अस्पताल , क्याम्पस लगायतका स्थानहरुमा वर्ल्डलींकले निशुल्क वाईफाईको व्यवस्था गरेको छ।
मोरङ्गको पथरी बजार क्षेत्रमा मात्रै वर्ल्डलिंकले १७ स्थानमा निशुल्क वाईफाईको व्यवस्था गरेको हो। पथरीको पथरी बहुमुखी क्याम्पस, मोरङ्ग अस्पताल , महाविर खाद्यान्न ( फर्निचर लाईन) , बुद्दचोकको फोटो फाईन, राजमार्ग छेउको टपरी मोस्मो, ज्योती विकास वैंक, गोर्खा डिपार्टमेन्ट , पथरी डेस्कटप, नगरपालिका कार्यालय, नेवारी खाजा घर, चापागाईं मेडिकल , चादनी मोबाइल सेन्टर, सुदिप मेडिकल , जाते मोड लगायतको स्थानमा फ्री इन्टरनेटको व्यवस्था वर्ल्डलिंकले गरेको हो। आवश्यकताका आधारमा थप स्थानमा फ्री वाईफाई जोड्ने क्रम अझै रहेको वल्र्ड लिक दमककका प्रमुख राजन तिम्सिनाले बताए ।
वर्ल्ड लिंकको फ्री इन्टरनेट सबैले चलाउन मिल्ने र वर्ल्ड लिंकका ग्राहकले विशेष सुविधा सहित फ्री वाईफाई जोनमा आफ्नो युजर र पासवर्ड मार्फत बढी स्पीडको ईन्टरनेट चलाउन सक्ने तिम्सिनाको भनाई छ । पथरीसँगै झापाको दमकमा वल्र्ड लिंकले ८६ स्थानमा फ्री वाइफाइ जोडेको छ । यस्तै अन्य नेपाल भरीका शहरहरुमा समेत वर्ल्ड लिंकको फ्री ईन्टरनेट राख्ने काम धमाधम भैरहेको छ। उनका अनुसार अस्पताल लगायत सार्वजनिक महत्वका र बढि जमघट हुने स्थानहरुमा फ्री ईन्टरनेट राखिएको छ । होटलहरुमा पनि यो सुविधा रहेको छ ।
