भूपू सैनिक र रेड स्टार माविको वार्षिकोत्सव एकैदिन सम्पन्न - Pahilo Online

भूपू सैनिक र रेड स्टार माविको वार्षिकोत्सव एकैदिन सम्पन्न

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले आफ्नो २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्यताका साथ मनाएको छ । मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी वार्षिककोत्सव भव्य रुपमा मनाएको हो ।

भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार वार्षिकोत्सवको अवसरमा १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवनको कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले उद्घाटन गरे ।

उक्त अवसरमा पथरी शनिश्चरे नगरमा घर भएकी हिन्दू धर्मको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी, प्रदिपकुमार राई, सरोजा खड्गीलाई स्कुलले सम्मान गरेको थियो । स्कुलका गुठियारहरू रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेमकुमार गुरुङलाई पनि सम्मान गरिएको छ । यसैगरी असल अभिभावकको रुपमा तारा लावती, रमेश कोइराला, गोपाल नेपाल र शुभचन्द्र राई सम्मानित भएका छन् ।

यसैगरी असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई कदरपत्र प्रदान गरिएको स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेलले जानकारी दिए । कार्यक्रममा विद्यालयको गत शैक्षिक सत्रमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विधार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी रेड स्टार माध्यमिक विद्यालयले २४औँ वार्षिकोत्सब भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका अभिभावकहरुको साथमा २४ औँ वार्षिकोत्सबको साथमा अभिभावक दिवस समेत मनाएको हो। नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक नृत्य,गायन लगायतका कला प्रस्तुत गर्दै अभिभावक र अन्य अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा विद्यालयले विद्यालयको विभिन्न परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ। यसका साथै वार्षिकोत्सबको अवसरमा विद्यालयमा आयोजित विभिन्न खेलकुद गतिविधिका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो।

सोही क्रममा अभिभावकहरु विचमा विभिन्न खेलकुद आयोजना गरिएको र सो का विजयी अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको विद्यालयका प्रीन्सिपल टि एन तिम्सिनाले जानकारी दिए । विद्यालयले कार्यक्रमको अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक लगायतलाई समेत सम्मान गर्दै पुरस्कृत गरेको छ। विद्यालयले साना विद्यार्थीहरुका लागि छुट्टै अभिभावक दिवसको आयोजना गर्ने बताइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes