झापाको कचनकवलमा एसइई अभ्यास परीक्षा - Pahilo Online

झापाको कचनकवलमा एसइई अभ्यास परीक्षा

writer

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले जिल्लामै पहिलो पटक एसइई तयारी ( अभ्यास परीक्षा सञ्चालनमा ल्याएको छ । जिल्लाको १५ वटा स्थानीय तहमध्ये कचनकचवले आगामी चैत ६ गते हुन गइरहेको एसइई परीक्षालाई लक्षित गर्दै आइतबारदेखि गाउँपालिकाभरिबाट एसइई परीक्षामा सामेल हुन विद्यार्थीका लागि अभ्यास परीक्षा सञ्चालनमा ल्याएको हो। शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलो पटक यस्तो परीक्षा सञ्चालनमा ल्याएको शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए।

उनका अनुसार एसइई अभ्यास परीक्षाका लागि शाखाले दुई वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दैछ। सामुदायिक तथा निजी गरी १० वटा विद्यालयबाट छात्रछात्रा गरी ५ सय ६५ विद्यार्थी परीक्षामा सामेल भएका छन्। ‘लक्ष्मी मावि बनियानी र पथरीया मावि पथरीयामा सरकारले तोकेको एसइई परीक्षा तालिका अनुसार नै अभ्यास परीक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘फागुन २५ गतेसम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र झापाका विज्ञ शिक्षकले तयार पारेको हो। उत्तर पुस्तिका एसइई परीक्षामा दिइने जस्तै छपाएर दिएका छौं।’ ‘एसइई परीक्षामा सामेल हुने विद्यार्थीका लागि शाखाले गत माघ २५ गते विद्यालयस्तरमै एक पटक यस्तो किसिमको परीक्षा लिइसकेको छ। यो परीक्षा दोस्रो पटक गरिएको हो’ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes