उद्योग वाणिज्य संघ धनकुटाको नेतृत्व सर्वसम्मत चयन - Pahilo Online

उद्योग वाणिज्य संघ धनकुटाको नेतृत्व सर्वसम्मत चयन

writer

धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाको नेतृत्व सर्वसम्मत चयन भएको छ। संघको नयाँ नेतृत्वमा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई अध्यक्ष भएका हुन् । १९ पदका लागि भएको निर्वाचनमा ८ पदाधिकारी र ११ सदस्य पदमा एक, एकजनाको मात्र उम्मेद्वारी दर्ता भएको निर्वाचन समिति सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए।

समितिको वरिष्ठ उपाध्यक्षमा तारा तितुङ, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, खगेन्द्रकुमार बिष्ट, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर तामाङ गोङ्वा, सचिवमा रामबहादुर राया र कोषाध्यक्षमा रुपेश श्रेष्ठको एकल उमेद्वारी परेको थियो। त्यस्तै सदस्यहरुमा अम्विका धमला, रेजिना पलिसे, सुनिता थापा पौडेल, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ, उज्वल कर्माचार्य, दिजेश शाक्य, देवीबहादुर वि.क. र भीमबहादुर खेवा लिम्बुले एकल उमेद्वारी दर्ता गरेका छन्। सवै पदमा एक, एक जनाको मात्र उमेद्वारी रहेकाले सबै सर्वसम्मत निर्वा्चित भएका हुन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes