दमक–चिसापानी सडक २७ वर्षपछि सडक कालोपत्र गरिँदै - Pahilo Online

दमक–चिसापानी सडक २७ वर्षपछि सडक कालोपत्र गरिँदै

writer

दमक । २७ वर्षअघि इलामको पश्चिम उत्तरका बस्तीसम्म पुग्ने सडक थिएन । सवारी साधन चढ्न दमक झर्नुपर्थ्यो । अब भने यस्तो अवस्था छैन । दमक–चिसापानी सडक कालोपत्रे बन्ने निश्चित भएको छ । महिनायता पश्चिम उत्तर झापा, इलाम र पाँचथरका स्थानीय खुसी छन् । वर्षौंदेखि रतुवा खोलैखोला जोखिमपूर्ण यात्रा गरेका दमक, इलाम र पाँचथरका पश्चिम क्षेत्रका जनता लाभान्वित हुने गरी उक्त सडक कालोपत्रे निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको सडक डिभिजन दमकले जनाएको छ ।

मेची राजमार्गको विकल्प मानिएको यो सडकको दुई वर्षअघि ट्रयाक खोलिएको थियो । झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने ४४ किलोमिटर सडक बनेपछि ताप्लेजुङदेखि झापासम्मको यात्रा मेची राजमार्गभन्दा ५० किलोमिटरले छोटो हुने दाबी गरिएको छ । चिसापानीदेखि रविसम्मको सडक निर्माणको काम सरकारले भेडेटारदेखि राँकेसम्मको सडक निर्माणअन्तर्गत अघि बढाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes