पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रमको लागि कार्यशाला गोष्ठी - Pahilo Online

पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रमको लागि कार्यशाला गोष्ठी

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि आज योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त सहकार्यमा ३ वर्षे कार्यक्रमका लागि २ करोड ९ लाख ५३ हजार ३ सय रुपैयाँको कार्यक्रम बनाइएको छ ।

आजसम्म अपाङ्गता जन्मिएकाहरुको व्यवस्थापन तथा पुनस्र्थापना र अव अपाङ्गता जन्मिन नै नदिने स्वास्थ्य सचेतना सहितको सो कार्यक्रमका बारेमा सरोकारवाला पक्षसँग छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई सहित वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको सहभागितामा कार्यक्रम भएको छ । नगर प्रमुख राईले यसै कार्यक्रम अन्तर्गत नगरको पञ्चायत माविमा प्रदेशकै अपाङ्गता भएकाहरुको आवासीय विद्यालयका लागि प्रदेश सरकारबाट हाल १ करोड रुपैयाँ विनियोजन भएको जानकारी गराए ।

अपाङ्गता पुनस्र्थापना सहजकर्ताका रुपमा ३ जना महिला स्वास्थ्य प्राविधिक नियुक्त गरी कार्यक्रम अघि बढाउने प्रक्रिया थालिएको छ । सहजकर्ताहरुले नगरमा सर्वेक्षण गरी ८ सय २४ जना व्यक्ति अपाङ्गता भएको तथ्यांक फेला पारेको कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा, करुणा फाउण्डेशनकी सबुन गुरुङ र नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले कार्यक्रमको सहजिकरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes