अबैध रुपमा निर्यात भईरहेको १५ लाख मुल्य बराबरको सामान बरामद - Pahilo Online

अबैध रुपमा निर्यात भईरहेको १५ लाख मुल्य बराबरको सामान बरामद

writer

झापा । झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको सामान बरामद भएको छ । शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर बरामद गरेको थियो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी आजै मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes