नेपाल शिक्षक संघको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न - Pahilo Online

नेपाल शिक्षक संघको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न

वक्तृत्वकलामा सिंहवाहिनी प्रथम

writer

पथरीशनिश्चरे । नेपाल शिक्षक संघ पथरी शनिश्चरेको स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । पञ्चायत मावि पथरी शनिश्चरे १ मोरङको हलमा शिक्षक सम्मान, वक्तित्वकला लगाएतका कार्यक्रहरु सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष केशव निरौला रहनुभएका थिए । निरौलाले नव आगन्तुक शिक्षकहरुलाई स्वागत गर्दै आगामी दिनमा कार्य सफलताको शुभकामना व्यक्त गरे । निवृत्ति भरण प्राप्त गरेर बिदाइ हुने शिक्षकहरुको आगामी दिनमा अझै सामाजिक क्षेत्रमा उत्तरदायी बनेर लाग्नुपर्ने निरौलाले बताए । वर्षौँ देखिको अनुभवलाई समाजसेवामा लगाएर रिटायर्ड जिवनलाई अझै रमाइलो बनाएर व्यतित गर्न निरौलाले शुभकामना दिए ।

कार्यक्रममा निवृत्ति भरण पाएर जाने शिक्षकहरुलाई सम्मान पत्र र खदाले सम्मान सहित विदाइ गर्नुका साथै नव आगन्तुक स्थाइ शिक्षकहरुलाई पनि स्वागत गरेका थिए । कार्यक्रममा नगरका १० वटा माविबाट सहभागी विद्यार्थीहरु बिचमा ‘‘विद्यार्थी जिवनमा अनुशासनको महत्व’’ शीर्षमा वक्तित्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा सिहंबाहिनी माविका छात्र अभिशेक दंगाल प्रथम, अमरसिंह माविकी छात्रा कीरण पास्वान द्धितीय र जनता माविका छात्र मञ्जिल रिजाल तृतीय भए ।

उनिहरुले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । कार्यक्रम नेपाल शिक्षक संघ पथरी शनिश्चरेका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes