पहिलेबाटै षड्यन्त्र शुरु भएको होः मुख्यमन्त्री राई - Pahilo Online

पहिलेबाटै षड्यन्त्र शुरु भएको होः मुख्यमन्त्री राई

writer

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सञ्चारमन्त्री भएका बेलादेखि नै षड्यन्त्र सुरु भएको बताएका छन्। आफ्नो बारेमा पछिल्लो समय आएका समाचारबारे बोल्दै मुख्यमन्त्री राईले पार्टी भित्रैबाट आफूविरुद्ध षड्यन्त्र भइरहेको र चरित्र हत्या गर्न केही मिडिया पनि दुरुपयोग भइरहेको दाबी गरेका हुन्।

शनिबार प्रेस संगठन प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रमलाई सुनसरीको इटहरीमा सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए। आफूले देश, जनता र पार्टीको शिर निर्हुयाउने गरी कुनै गल्ती नगरेको दाबी गर्दै आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफू यो विषयमा बोल्न बाध्य भएको बताए। ्े

उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दाबी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दाबी गरे। दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाऊ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन्। सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखिसँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ। मुख्यमन्त्री राईले आफूलाई यौन दुर्व्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनले लगाएकी छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes