१८ वुँदे निर्णय पारित गर्दै पथरीशनिश्चरे नगरको छैठौं नगरसभा सम्पन्न - Pahilo Online

१८ वुँदे निर्णय पारित गर्दै पथरीशनिश्चरे नगरको छैठौं नगरसभा सम्पन्न

writer

पथरी शनिश्चरे । १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा शनिबार सम्पन्न भएको छ । हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको आजको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए ।

उनले, सहकारी विधेयक र वातावरण तथा प्राकृतिक संरक्षण विधेयक पारित गर्नुका साथै वैदेशिक दातृ निकायसँग आर्थिक तथा प्राविधि सहायता लिने र भगिनी सम्वन्ध स्थापित गर्न पहल गर्ने पनि निर्णय भएको वताउनु भयो । नगरको अव्यवस्थित सहितको बसोवासको उचित समाधानका लागि प्रदेश सरकारले समेत पहल गरिदिन अनुरोध गर्ने समेत निर्णय गरिएको जबात ।

यसका साथै, नगरसभाले हसन्दहमा र वडा नम्वर ६ र ८ को सिमानाबाट कानेपोखरी ४ जोडने डाँसखोलाको झोलुंगे पुल क्षेत्र नजिकमा प्रहरी चौकी स्थापना गर्न सम्वन्धित मन्त्रालयमा माग गर्ने, रासायनिक वस्तु विस्थापित गरी अर्गानिक नगर बनाउने सहितका निर्णय भएका छन् । वडा नम्वर १० को जिरिखिम्ती खण्डको पूर्वपश्चिम मुख्य सडक र त्यहाँको जग्गाको नक्सा मिलाउन सर्पट नापी गर्ने पनि निर्णय भएको छ ।

यसका साथै चालु आर्थिक वर्षमा ठेक्काबाट बचेको १ करोड ५१ लाख १३ हजार ३ सय ३९, बुद्धमार्ग कालोपत्रेका लागि ठेक्काबाट बचेको ५० लाख तथा पाचौं नगरसभाबाट स्वीकृत भई निकासा थपघटका लागि विनियोजित रकमबाट व्यवस्थापन गर्नेगरी कुल ३ करोड ६३ लाख ४२ हजार ८२ रुपैयाँ वच्न पुगेको जानकारी गराइएको छ । सो रकमबाट ५४ वटा योजना बनाइएको छ ।

यसैगरी, पाँचौ नगरसभामा विषयगत क्षेत्रलाई स्वीकृत गरेको रकमको शिर्षकगत योजना कार्यक्रम अन्तर्गत १ करोड २३ लाख १० हजार बजेटको योजना संसोधित गरिएको छ । तथा वडा समितिबाट पेश भएका २६ योजना पनि नगरसभाले संसोधित गरेको छ । चालु आर्थिक वर्षको अवको अवधिमा ठेक्का प्रक्रियाबाट रकम वचत हुँदाको खण्डमा ७ वटा योजना सञ्चालन गर्ने समेत तय गरिएको छ ।

नगरसभाले, डीएसपीको दरवन्दी रहेको इलाका प्रहरी कार्यालय पथरीको भवनको व्यवस्थापन, वडा नम्वर ६ र कानेपोखरी ४ जोड्न डाँसखोलामा पक्कीपुल, १० नम्वरको त्रिवेणी चोकबाट जिरिखिम्तिी जोड्न डाँस खोलामै पक्कीपुल, ५ नम्वरको पौडेल चोकबाट मौलीबारी जोड्ने बक्राहा खोलामा पक्कीपुल, पथरी खोला तटवन्ध सहितका २२ वटा योजना मन्त्रालय तथा सम्वन्धित निकायमा पेश गर्ने पनि निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संसोधित योजना सहितका कार्यक्रमहरु पेश गर्नुभएको थियो । नगरसभाको शुक्रबार खुलाशत्र सञ्चालन भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes