मिस पथरीशनिश्चरेको दोस्रो संस्करण फाल्गुनको अन्तिम हप्ताबाट - Pahilo Online

मिस पथरीशनिश्चरेको दोस्रो संस्करण फाल्गुनको अन्तिम हप्ताबाट

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा मिस पथरीशनिश्चरे सिजन २ फाल्गुन अन्तिम हप्ताबाटसुरु हुने भएको छ । मिस पथरीशनिश्चरेको पहिलो संस्करण सफलतापुर्वक सम्पन्न भएकाले पुन दोस्रो संस्करण गर्न लागिएको आयोजकका संयोजक सन्तोष राईले बताएका छन् ।

बुद्ध युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो भने पहिलो संस्करण माउण्ट एभरेष्ट इण्टरटेनमेन्टले गरेको थियो । यस सिजनको फाईनल बैशाख २ गते हुने जनाइएको छ । फारम आवेदन दस्तुर ५ सय रुपैयाँ राखिएको प्रतियोगिताको फर्म सिटीजन नर्सिङहोम, युनिक फोटो स्टुडियो र रेडियो सिम्रिकमा पाइनेछ ।

यस्तै सिजन २ को फाल्गुन २६ गते बाट अडिसन सूरु हुने र २५ गते सम्म फर्म भर्न सकिने आयोजकले जानकारी दिएको छ । नगर भित्रका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एसइ इ उतिर्ण अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्ने संयोजक राईले बताए ।

मिस पथरीशनिश्चरेको ताज सहित नगद १ लाख रुपैँया , द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै मिस ट्यालेन्ट, बेष्ट स्माईल, मिस फ्रेण्डसीप, भिवरच्वाईस, मिस मल्टिमिडीया, मिस फोटोजेनिक, बेष्ट पर्सनालिटी र बेष्ट वक सहितको ८ बिधाका विजेतालाई नगद ८ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने बताइएको छ।

सो प्रतियोगिताको अनुमानित लागत १४ लाख ५५ हजार रहेको राईले बताए । सो प्रतियोगिताको आजैबाट आवेदन खुल्ला गरिएको प्रतियोगिताका संयोजक राईले बताएका छन । उनले अडिसन पश्चात् फाइनल अघि २५ दिने बन्द प्रशिक्षण गराइने समेत बताएका छन ।

गत सिजनकि विजेता मिस रिजु भट्टराईको समेत आजको पत्रकार सम्मेलनका उपस्थिति रहेको थियो । उनले आफनो अनुभव सुनाउदै पहिलो सिजनबाट आफुले धेरै कुरा सिकेर मिस पुर्वाञ्चलको १० औ संस्करण पनि जित्न सफल भएको बताइन् । उनले ११ औ संस्करण पनि पथरीले नै जित्नेमा बिश्वस्त रहेको बताईन् । यस्तै यो खुड्किलो मिस नेपाल र मिस वल्डमा जान सक्ने पनि बताईन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes