पथरीमा ट्रक दुर्घटना, चालकको मृत्यु अर्का एक घाइते - Pahilo Online

पथरीमा ट्रक दुर्घटना, चालकको मृत्यु अर्का एक घाइते

writer

पथरी शनिश्चरे । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पथरीको जय चोकमा आज बिहान (शनिबार) ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा चितवन महानगरपालिका ११ बस्ने बर्ष २८ को अजय अधिकारी रहेका छन । त्यस्तै गरि घाईते हुनेमा सोहि उपमहानगरपालिका ११ बस्ने बर्ष ३० अंकित जिएन रहेका छन । उनको बिएनसि अस्पतालमा उपचार भैइरहेको छ ।

पश्चिम बाट पुर्ब तर्फ गैइरहेको प्र.न. १०२–००१(ख)८०९१ट्रक ले सोही दिशा तर्फ गैइरहेको ना ८ ख ६७ नम्बरको ट्रक लाई ठक्कर दिदा ठक्कर दिने ट्रकका चालकको उपचार गर्न मंगलबारे अस्पताल लैजाने क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय पथरिले जनाएको छ । मृतक चालकको शब पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा लगिएको छ । तीब्र गतिका कारण ट्रक दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes