
पथरी शनिश्चरे । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार (आज) मोरङको पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन् गरेका छन् । मन्त्री घिमिरेले नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने बताएका छन् ।
हिउँदे अधिवेशनका रुपमा रहेको नगरसभामा बोल्दै उनले विगत २० वर्षको अवधिको भन्दा पछिल्लो २ वर्षको अवधिमा बढी काम भएको प्रसंग उल्लेख गर्दै अवका कामलाई अझै व्यवस्थित गरेर लानु पर्ने सुझाव समेत दिए । उनले राजनीतिले जनतालाई अधिकार खोज्ने मात्र बनाएको र आफ्नो कर्तव्य पुरा गर्न नसिकाएकाले भएको कामप्रतिपनि सन्तुष्ठ नहुने प्रबृत्तीले सरकारी निकायलाई जस नदिएको चर्चा गरे ।
सो अवसरमा मन्त्री घिमिरेले प्रदेशमा चैतदेखि सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने योजना अघि बढ्ने जानकारी गराए । पथरी शनिश्चरेकै भूटानी शरणार्थी शिविर क्षेत्रमा वहुजातिय साँस्कृति संग्रहलाय, पञ्चायत माविमा वौद्धिक अपाङ्गताको आवासीय शिक्षण कार्यक्रम सुरु हुँदै गरेको जनाउँदै अपाङ्गताको समस्या भएका बच्चा जन्मनै नदिने स्वास्थ्य प्रवन्धको कार्यक्रमसहितका प्रदेशका महत्वपूर्ण योजनाहरु सुनाए ।
कार्यक्रममा, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, प्रदेश सांसद लिलावल्लभ अधिकारी, कृष्णकुमारी राई तथा पूर्व गाविस अध्यक्ष तिलक वान्तवा, मोहनकुमार न्यौपाने, मोहन तुम्वापो, कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, नेपाल कम्यूनिष्ट पार्टीका दिननाथ तिम्सिना र नेपाली कांग्रेसका इश्वरवहादुर थापा सहितले नगरमा विकास अघि बढेको बताउँदै गतिविधिलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान सुझाव समेत दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले नगरमा ४ सय ६६ योजनामध्ये ३८ योजना सम्पन्न भएको र १ सय ६२ योजना सम्झौता भइसकेको सहितका योजनाहरुको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले स्वागत मन्तव्य राख्नुका साथै न्यायिक समितिको २ वर्षे अवधिमा १ हजा २ सय २३ विवाद मेलमिलापका माध्यमबाट निरुपण गर्दै निमुखालाई न्याय दिलाउन प्रदेशमै उत्कृष्ठ रुपमा काम गर्न सकेको वताइन् ।
नगर प्रमुख दिलीपकुमार राईले सभामा शुभकामनका रुपमा दिइएका सुझावलाई आत्मसाथ गर्दै नगरको विकासमा थप लागिपर्ने बताए । उनले नगरले संघीय सरकारसँग पहल गरेर गान्धीमनमोहनमार्ग र पथरी डाइनिया सडक कालोपत्रे, वक्राहा डाँसखोला नियन्त्रण, सुन्दरीचोकमा झोलुङ्गे पुलका योजना अघि बढेको प्रष्ट्ए अव्यवस्थित बसोवासका लागि संघमा पहल, वडामा आधारभूत स्वास्थ्य केन्द्र, चिस्यान केन्द्र निर्माण तथा अर्गानिक नगर र शैक्षिक क्षेत्रको सवलिकरण सहित समग्र योजनामा समेत नगर लागि परेको उल्लेख गरे । नगरमा जनप्रतिनिधि आएपछिको पछिल्लो २ वर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे, २२ किलोमिटर कम्प्याक्टेड ग्राभेल, २७ वटा वक्स कल्भर्ट, ६ वटा भवन निर्माण भएका छन् ।
भोली सभाको वन्दशत्र हुनेछ । जसमा सहकारी ऐन र वातावरण संरक्षण ऐन पारित गर्ने कार्यक्रमका साथै योजनाहरुबाट उव्रिएको रकमबाट थप योजना बनाउने सहितका निर्णयहरु हुने उल्लेख छ ।
