
गोपाल काफ्ले, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म ३ दिने बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षीक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे जानकारी दिइएको छ ।
२०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै सामुदायीक बिध्यालयमा विज्ञान संकायमा उत्कृष्ट हुदै नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । पुर्वी नेपालको कुना कन्दराबाट विज्ञान संकायमा पढ्न आउनेको संख्या ५०० भन्दा बढि रहेको विद्यायलयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । बुढाथोकीले ३ दिने बृहत विज्ञान प्रर्दशनीमा १ नम्वर प्रदेशका सवै विद्यालयहरुको सहभागिता रहेन र बिध्यालयका पुर्व बिध्यार्थीहरुलाई सहभागीता जनाउन समेत अनुरोध गरिएको छ ।

३ दिने बृहत विज्ञान प्रर्दशनी र वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेबाट हुने भएको छ । कार्यक्रममा विद्यालय का वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाइ, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल ब्याग, पोशाक र स्टेशनरी वितरण, विविध सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी हुने भएको छ ।
विज्ञान प्रर्दशनी अन्तर गत ४६ वटा स्टल मध्ये ३६ ओटा विद्यालयका बिध्यार्थीले घरायसी सामानको प्रयोगबाट बनाएका रोवट, काटुनको उड्ने प्लेन, ड्रोन, अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, स्र्माट फोन कन्टा«ेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, वोटानिकल गार्डेन, ग्रिन हाउसको अवलोकन गर्न पाउने तथा सिभिल इन्जीनियरीङका बिध्यार्थीले तयार पारेको वडा नम्वर १ को मोडल र पञ्चायत माविको मोडलको प्रर्दशनी गरिने विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।
बिध्यालयले उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेटेर “पूर्व विद्यार्थी समाज” गठन गरेको छ ।
भिम कुमार राईको अध्यक्षमा ११ सदसिय समिति गठन भएको छ । समाजको सचिवमा सन्तोष ढुङगेल, कोषाध्यक्षमा दिनेश पौडेल र सदस्यहरुमा गोपाल काफ्ले, नैना राई, संजिव गिरी, सरदचन्द« दाहल, विरेन साम्बा, भिस्म न्यौपाने, लिला निरौला र देवमाया कठायत (थापा) रहेका छन । समाजको प्रमुख सल्लाकारमा शैक्षिक अभियन्ता प्रदिप कुमार राई रहेका छन् । सो समितिले प्रत्येक बडा दशैको अवसमा सवै पूर्व विद्यार्थीहरुलाई समेटेर बिधलय र पुर्व बिध्यार्थी बिचको सम्बन्धलाई पुर्नमिलन गर्दै अगाडी बढ्ने अध्यक्ष भिम राईले बताए ।
