हराएर बेपत्ता भएका युवक मृत फेला - Pahilo Online

हराएर बेपत्ता भएका युवक मृत फेला

writer

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका १ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका राई बेलुका सम्म पनी घर फर्की नआई बेपत्ता भएका थिए ।

बेपत्ता भएका राईको खोजतलास गरिरहेको प्रहरी र स्थानीयवासीको टोलीले राईलाई जन्तेढुङगा गाउँपालिका १ कुटिटार स्थित सुनकोशी नदी किनारामा बुधवार दिउँसो साँढे १ बजे मृत अबस्थामा फेला पारेका थिए । बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes