नियन्त्रीत लागुऔषध गाँजा सहित उदयपुर र मोरङबाट ८ जना पक्राउ - Pahilo Online

नियन्त्रीत लागुऔषध गाँजा सहित उदयपुर र मोरङबाट ८ जना पक्राउ

writer

बिराटनगर । उदयपुर र मोरङका २ स्थानबाट बुधवार राती नियन्त्रीत लागुऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका ३ चिचिला टप्पुमा लागुऔषध गाँजाको बिक्री बितरण तथा ओसार पसार भईरहेको सूचना पाए लगत्तै बुधवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षीय श्याम माझीलाई २ केजी गाँजा सहित घरबाट नै पक्राउ गरेको हो ।

यसैगरी गाँजा ओसार पसारमा संग्लग्न रहेका स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ बर्षकै जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई समेत पक्राउ गरेको हो भने बुद्धीमान माझीले घर नजिकै केरा घारीमा लुकाई छिपाई राखेको थप २ केजी गाँजा समेत बरामद गरेको हो । यसैगरी मोरङको जहदा गाउँपालिका ३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes