बुढासुब्बा गोल्डकपमा मछिन्द्रलाई पराजित गर्दै पुलिस फाइनलमा - Pahilo Online

बुढासुब्बा गोल्डकपमा मछिन्द्रलाई पराजित गर्दै पुलिस फाइनलमा

writer

धरान । विभागिय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

बुढासुब्बा गोल्डकप पाँच पटकको बिजेता पुलिस क्लबले उपाधिका लागि शनिबार मनाङ मस्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको निर्धा्रित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी भएको थियो । तर पेनाल्टीमा पनि ४–४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो ।

जसमा मछिन्द्रका कप्तान बिराज महर्जनको प्रहार पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले रोके । पुलिसका तर्फबाट कपिल ढकालले गरेको प्रहारले जाली चुम्यो । पेनाल्टी सुटआउटमा पलिस क्लबका तर्फबाट पदम भट्टराई, तिर्थ मगर,जुमानु राई र भोला सिलवालले गोल गर्दा सुमन सुवेदीको प्रहार मछिन्द्रका गोल रक्षक बिसाल श्रेष्ठले रोकेका थिए ।

मछिन्द्रको तर्फबाट रञ्जित धिमाल, बिमल घर्तिमगर, बिजय धिमाल, देबेन्द्र तामाङले गोल गरे । बिसाल राई बीको प्रहार पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले रोकेका थिए । खेलको म्यान अफ द म्याच सञ्जित श्रेष्ठ भए । उत्कृष्ठ गोलको पुरस्कार रञ्जित धिमालले प्राप्त गरे । पुलिसले उपाधिका लागि मनाङसँग खेल्ने छ । मनाङले भारतीय क्लब यूके एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको फाइनल खेल १७ फागुनमा हुनेछ ।

टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउनेछन् । उपविजेताले टोलीले ५ लाख नगद पाउनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes