जुवा खेल्ने ६ जना पक्राउ - Pahilo Online

जुवा खेल्ने ६ जना पक्राउ

writer

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङ सहित हल्दिवारी ४ का ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी ५ का ३५ बर्षीय डम्बर बहादुर मगर, मेचिनगर नगरपालिका १३ का ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद रु. ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवायल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कार समेत बरामद गरेको छ । पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes