ट्याक्टरले किचेर सह–चालकको मृत्यु, चालक घाईते - Pahilo Online

ट्याक्टरले किचेर सह–चालकको मृत्यु, चालक घाईते

writer

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक मैवाखोला गाउँपालिका १ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक मेरिङदेन ४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes