८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो - Pahilo Online

८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो

writer

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ। धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट व्यवसायीले सदस्यता पाउनु पर्ने र नविकरण गरिनुपर्ने माग गर्दै संघको उद्घाटन सत्र र वन्द सत्र सम्पन्न भएको भोलिपल्ट अर्थात मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालावन्दी गरेका थिए। त्यसको केही दिनमै अर्थात मंसिर २८ गते लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि वढिसकेकोले निर्वाचन प्रक्रियालाई तत्काल सुचारु गर्न माग गर्दै तालावन्दी गरेका थिए।

त्यसकारण उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालावन्दी भएको थियो। दुवै पक्षधर व्यवासायी विच पटक(पटक बैठक बसी सहमति भएपछि तालाबन्दी खुलेको हो। सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने सहमति भएपछि तालाबन्दी खुलेको उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्ष उमेश घिमिरेले जानकारी दिए। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा असन्तुष्ट व्यवसायीको तर्फबाट बलदिप राई, लोकतान्त्रिक व्यवसायीको तर्फबाट श्रीराम रायमाझी र उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्ष उमेश घिमिरेले हस्ताक्षर गरेका छन्।

तालावन्दी नखुलेकै कारण विज्ञप्ति प्रकाशन गरेर स्थगित भएको निर्वाचन प्रक्रिया तालावन्दी खुल्नासाथ नयाँ निर्वाचनको कार्यतालिका प्रकाशित गरेर सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए। उद्योग वाणिज्य संघको भवनमा रहेको यूवा तथा साना व्यवासयी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय र उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालयको काम पनि ठप्प भएका थिए। ताला खुलेसँगै कार्यालयको काम सुचारु भएको समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes