अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाइने - Pahilo Online

अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाइने

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरबाट वितरित भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन आज छलफल भएको छ ।

नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै त्यसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट बुझेर मात्र सिफारिस गर्दा सहज हुने ठहर गर्दै वडाध्यक्ष र सचिवसँग पनि अन्तरक्रिया गरिने निर्णय भएको छ । जसका लागि चैतको दोस्रो साता कार्यक्रम राखिने संघकी अध्यक्ष भीमा खतिवडाले बताए ।

छलफलमा, अपाङ्गता भएकाहरुको अवस्थालाई गहन हिसावले केलाउँदै ऐनको परिधीमा रहेर मात्र निक्र्यौलमा पुग्नु पर्ने अवस्था रहेको खतिवडाले चर्चा गरे । अपाङ्गताको परिचयपत्र वितरण गर्दा उनीहरुको कठीन अवस्था देखेर भावनामा बहेर वितरण गर्दा कानूनी प्रावधान उल्लंघन हुनसक्ने कुरालाई ध्यान दिनु पर्ने उनले वताए । विभिन्नखाले बहानावाजी गर्ने र जिद्धी समेत गरेर भत्ता पाउनेखाले परिचयपत्र बनाउने सोचलाई चिर्नुपर्ने पनि उनले वताए ।

अधिकारका लागि अभियान सञ्चालन गरिरहेको संघले सहजिकरण गरेको छलफलमा अपाङ्गताको अधिकार स्थापित गर्न आफुहरु लागिरहेको नगर उपप्रमुख एवम् परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले वताइन् । उनले परिचयपत्रको प्रक्रियामा आउँदा जाँदा समस्या हुने जटिल अवस्थाका अपाङ्गता भएकाहरुलाई गाडीको समेत व्यवस्था गर्ने गरेको जानकारी दिइन् । उनले अति अशक्त अपाङ्गताका लागि फागुन २१ गते घर घरमा गएरै उनीहरुलाई परिचयपत्रको सेवा दिने योजना वनाएको जानकारी गराइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes