मनाङ मर्स्याङ्दी क्लव बुढासुब्बा गोल्डकपको फाइनलमा - Pahilo Online

मनाङ मर्स्याङ्दी क्लव बुढासुब्बा गोल्डकपको फाइनलमा

writer

धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा भारतीय क्लब यूके एफसीलाई २–० गोलले हराउँदै उपाधि दाबेदार मानिएको मनाङ फाइनलमा प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे । खेलको २०औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा दयानन्दले गोल गर्दै मनाङलाई २–० गोलको जित दिलाए । त्यसअघि दुईबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो

यस जितसँगै मनाङले मछिन्द्र फुटबल क्लब र विभागीय टिम नेपाल पुलिस क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र र पुलिस क्लबले भोलि हुने दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल खेल १७ फागुनमा हुनेछ । टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउनेछन् । उपविजेताले टोलीले ५ लाख नगद पाउनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes