भोजपुरमा खोलाले बगाउदा २८ बर्षीय युवकको मृत्यु - Pahilo Online

भोजपुरमा खोलाले बगाउदा २८ बर्षीय युवकको मृत्यु

कुलो बनाउन गएका लिम्बु मृत फेला

writer

भोजपुर, तेह्रथुम । भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए । घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कुलो बनाउन गएका लिम्बु मृत फेला

यसैगरी तेह्रथुमको फेदाप गाउँपालिका २ का ५७ बर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् । मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज बिहान उक्त स्थानमा, कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes