खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान - Pahilo Online

खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान

writer

खोटाङ । खोटाङ जिल्लाको मनमाया राई खानीडाडा विमानस्थलमा परीक्षण उडान भएको छ । नेपाल वायुसेवा निगमले मगंलबार परीक्षण उडान भरेको हो । खोटाङको खानीडाँडास्थित मनमाया विमानस्थल कालोपत्रेपछि मंगलबार परीक्षण उडान भरिएको छ । विमानस्थलमा नेपाल वायुसेवा निगमले शनिबार र मंगलबार नियमित उडान भर्ने भएको छ ।

विमानस्थल कालोपत्रेका लागि गत २० महिनादेखि उडान बन्द गरिएको थियो। उक्त विमानस्थलमा कालोपत्रेको काम सकिएपछि परीक्षण उडान भरिएको हो। सातामा दुई दिन नियमित उडान भरिने वायु सेवा निगमका निर्देशक दीपुराज जुहारले बताए। ‘यो विमानस्थलमा शनिबार र मंगलबार गरी हप्तामा दुई चोटी फ्लाइट हुन्छ।’ जुहारले भने,‘यसले जनतालाई सेवा पुग्ने छ।’

खानीडाडामा आयोजित कार्यक्रमका प्रदेशसभा सदस्य रामकुमार राईले विमानस्थलले पहाडका जनताको प्रत्यक्ष रुपमा फाइदा र्पुयाउने भएकाले बढी भन्दा बढी नियमित उडान भर्नुपर्ने बताए। बिरामी तथा अशक्तका लागि अन्य यातायातले मात्र सेवा नपुग्ने भएकाले जहाजबाट सहर जान सहज हुने भएकाले धेरै नियमित उडान राख्नुपर्ने सांसद राईको भनाइ थियो।

जग्गादाता तथा अर्का प्रदेशसभा सदस्य उषाकला राईले जनताको सेवाका लागि आफूहरुले जग्गा दिएको र उक्त जग्गामा निर्माण गरिएको विमानस्थल जनताको सेवामा उपयोग हुनु पर्ने बताइन्। निर्माणका लागि लामो समयसम्म बन्द रहेकाले जनतामा पर्न गएको मर्काप्रति आफूहरु संवेदनशील बन्नुका साथै निर्माणमा तीव्रताका लागि समेत पहल गरिएको राईले सुनाइन्। नागरिक उड्ड्यन प्राधिकरणले ५करोड ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes