भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु - Pahilo Online

भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु

writer


काठमाडौं । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् ।
नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा ३५ भन्दा बढी घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला गत वर्ष पारित भएको उक्त कानुनको विरोधमा राजधानी नयाँदिल्लीमा प्रदर्शन भएको हो ।

नयाँ कानुनमा मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने व्यवस्था गरिएको छ । बहुसंख्यक हिन्दु समर्थक रहेका सहरमा नयाँ कानुनको विरोध भएको छ । उत्तर–पूर्वी दिल्लीको मुसलमान बाहुल्य स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes