रंगेलीमा विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी - Pahilo Online

रंगेलीमा विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी

writer

रबिन्द्र बराल । रंगेली । सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि मोरङको रंगेली नगरपालिकाले विद्यालयहरुमा विधुतिय हाजिरी जडान गरेको छ।

विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिकाका शिक्षा साखा अधिकृत रबिन्द्र पंन्डितले बताए ।

नगरपालिकाले नमूना परीक्षणका लागि पहिलो पटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडितले बताए । पहिलो चरणमा नगरपालिकाले पव्लिम उच्च माध्यमिक बिधालय, आदर्श माध्यमिक बिधालय, जनता माध्यमिक बिधालय, रत्न उच्च माध्यमिक बिधालय, गणेश माध्यमिक बिधालय लगायत १२ बाट बिद्यालयमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको हो ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। विद्युतीय हाजिरी नहुदा बिधालयमा शिक्षकहरु कहिले ११ बजे कहिले १२ बजे सम्म बिधालयमा हाजिरी हुने गर्द थिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिका बाटै छड्के अनुगमन समेत गरिदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes