विमलको ह्याट्रिकमा मछिन्द्र क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा - Pahilo Online

विमलको ह्याट्रिकमा मछिन्द्र क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

writer

धरान । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६–१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे । कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् । यस्तै सर्वा्धिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes