सुमन र सुनमायालाई पाथीभरा म्याराथनको उपाधि - Pahilo Online

सुमन र सुनमायालाई पाथीभरा म्याराथनको उपाधि

writer

ताप्लेजुङ । पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन । मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धा्रित ५४ किलोमिटर दूरी पार गर्दै उपाधि जिते। आयोजकले ४७ किलोमिटर भनेपनि मोटरवाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी वढेको थियो।

पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फ जुम्लाकोपातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन। प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात पारेकी हुन।

वासी ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन। धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ मिनेटमा दूरी पार गर्दै तेस्रो भइन। खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन् । महिला तर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes