भोजपुरको कावाखोलामा मोटरेबल पुल शिलान्यास - Pahilo Online

भोजपुरको कावाखोलामा मोटरेबल पुल शिलान्यास

writer

भोजपुर । भोजपुरको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ। भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने उक्त खोलामा आगामी असारमा सम्पन्न गर्ने गरी पुलको शिलान्यास गरिएको छ । स्वीस सरकारको करिब ५ करोड रुपैयाँ अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र एक दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाइने स्थानीय सडक, पुल कार्यक्रमका प्रदेश १ संयोजक मङ्केश्वर ठाकुरले जानकारी दिए।

पुलको सिविल निर्माण कार्यका लागि दुई करोड तीन लाख २४ हजार ३७१ रुपैयाँमा कार्की बन्धु कन्सट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको छ। ट्रस जडानका लागि अर्को कम्पनीसँग सम्झौता गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेसनको एक स्पानमा बन्ने पुलको दुवैतर्फ पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान हुने कार्यालयको बताएको छ। पुलको अवधि ८० वर्ष रहेको र भूकम्प प्रतिरोधी बन्ने निर्माण कम्पनीको भनाइ छ। प्रदेश सरकारले उक्त खोलामा पुल निर्माणका लागि काम गर्ने तयारी गरिरहेको भए पनि स्वीस सरकारले पनि पक्की पुल निर्माणका लागि आर्थिक सहयोग गर्ने भएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए।

उक्त पुल निर्माणपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेछ। यस सडकखण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने गरी काम अगाडी बढाउने प्रदेश सरकारले जनाएको छ। जसको लागि उदयपुरको मैनामैनीसम्म काम सुरु भएको छ। त्यस यताको सडकखण्डको टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले बताए भोजपुुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ र स्वीस सरकारको अनुदान सहयोगमा दुई गरी दशवटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes