नगरमा सञ्चालित विकास निर्माणका ३ वटायोजनाहरुको अनुगमन् - Pahilo Online

नगरमा सञ्चालित विकास निर्माणका ३ वटायोजनाहरुको अनुगमन्

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित विकास निर्माणका ३ वटा योजना सोमबार अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्बर १ को पथरी पूर्वबसस्टेण्डमा निर्माण गरिएको पर्खालको अनुगमन् गरेको छ । ५ लाखको लागतमा ३२ दशमलव ४० मिटर लम्वाईको पर्खाल निर्माण भएको छ ।

यसैगरी, टोलीले १३ लाख रुपैयाँ वडाको बजेटमा १५ प्रतिशत थप उपभोक्ताले व्यवहोरेर निर्माण थालिएको वडा नम्वर ३ को पिपलचोक भोटेघुम्ती नमूना सडकको निर्माण कार्यको पनि अनुगमन् गरेको छ । त्यहाँ १ हजार १ सय मिटर लम्वाई रहेको सडकमा १ ग्रेड ग्राभेलका लागि नाला खन्ने र माटो पुर्ने कार्य भइरहेको छ ।

त्यसैगरी, नगरको ४ लाख ७० हजार रुपैयाँ बजेटमा वडा नम्वर ४ को शिरिषेडाँडा साकेला थानमा पर्खाल लगाउने कार्यको पनि अनुगमन् गरिएको छ । त्यहाँ २२ मिटर लम्वाई र २ मिटर ९० सेन्टिमिटर उचाईको पर्खाल निर्माण सम्पन्न भएको छ ।

साथै, अनुगमन् टोलीले वडा नम्वर ९ स्थित मगरटोल नाकाबाट कर्मचारी राखेर अमानतमा थालिएको खोलाजन्य सामग्रीको निकासीको पनि अनुगमन् गरेको छ । त्यहाँ गत शनिवारबारदेखि सुरु भएको गिट्टी बालुवा निकासी कार्यबाट ३ दिनमा १ लाख ७९ हजार ४ सय रुपैयाँ राजस्व रकम संकलन भएको छ । स्थानीय ठाउँको विकास निर्माणका लागि प्रयोग गर्नेगरी प्राविधिक जाँचपछि नगरपालिकाले निकासीको काम थालेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes