पथरीशनिश्चरे वडा नं ८ द्वारा गरिव तथा विपन्न वर्गलाई पानी तान्ने कल वितरण - Pahilo Online

पथरीशनिश्चरे वडा नं ८ द्वारा गरिव तथा विपन्न वर्गलाई पानी तान्ने कल वितरण

writer

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ ले आज वडाका गरिव तथा विपन्न वर्गका स्थानीय छनौट गरी १२ समुहलाई पानी तान्ने कल वितरण गरेको छ ।

वडाको खाने पानी टुवेल जडान शीर्षकबाट १ लाख बजेटमा पानी तान्ने कल वितरण गरेको हो । एक समुहमा ३ देखि ५ जना सम्म रहने गरी करिब ४० घर परिवार लाभाम्वीत हुने वडा अध्यक्ष बाबुराम दाहालले बताएकाछन् । यसको जडान खर्च भने उपभोतmाले नै व्यहोर्नु पर्ने छ । कल पाए पछि स्थानीय उपभोतmाहरु खुशी भएकाछन् ।

सोही बजेट बाट वडाले अर्को सहानीय कार्य गरेको छ । वडाको सोमबारे बजार आसपासमा कलबाट रङगीन पानी आउने भएकोले यो समस्याको समाधान गर्न लगभग ४०र४५ सालबाट प्रयोग गदै आएको ईनारलाई व्यवस्थीत गरेको वडा अध्यक्ष दाहालले बताएकाछन् ।

जसमा बुद्ध माविको जग्गामा रहेको पुरानो ईनारलाई अहिले वडाको बजेट बाट १० फुट गहिराई भएको ईनारको मर्मत गरेको हो । पहिला ३ वटा रिङ भएको ईनारमा ७ वटा रिङ थप गरेर सिडी सहितको ईनार बनाईएको सचिव लिलाराज भट्टराईले बताएकाछन् । स्टमेटमा २२ हजार भए पनि लागत केहि बढी खर्च हुने अनुमान गरिएको छ ।वडाले ईनार मर्मत गरेपछि स्थानीय हर्षित भएकाछन् । यस ईनारमा सोमबारे बजार भरीका स्थानीय र सबै क्रियापुत्री समेत लाभाम्वीत भएकाछन् । कल वितरण कार्यक्रममा वडा सदस्य सिर्जना भट्टराई (घिमिरे) शुक्र लिम्बु, ख्याम गौतम र मुना वि.क लगायतको उपस्थीती रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes