नगरमा २ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप - Pahilo Online

नगरमा २ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप

२ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ५ दिनको अवधिमा २ हजार ५ सय बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप र २ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि खुवाइएको छ ।

गत फागुन ७ गतेबाट वडा वडामा सुरु गरिएको कार्यक्रम अन्तर्गत हिजोसम्ममा ९ महिनादेखि ५ वर्षसम्मका २ हजार ५ सय २३ जनालाई दादुरा रुबेलाको खोप दिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । दादुरा रुबेलासँगै पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रममा सो अवधिमा जन्मेदेखि ५ वर्षसम्मका २ हजार ८ सय ५६ बालबालिकालाई पोलियो थोपा खुवाइएको उनले उल्लेख गरे ।

नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाएको छ । खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes